२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा

अस्ट्रेलियाली प्रधानमन्त्रीले भने :' बाढीपहिरो पीडितको पुनर्स्थापनामा नेपाललाइ साथ '

शुक्रवार , आश्विन ९, २०८३

 

काठमाडौं, असोज ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालका हालैका विनाशकारी बाढीपहिरो प्रभावितको पुनर्निर्माण तथा पुनरुत्थानका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भएको भेटवार्तामा अस्ट्रेलियाली प्रधानमन्त्रीले बाढी. पहिरोमा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै अस्ट्रेलिया संकटको यस घडीमा नेपालको साथमा रहेको बताएका हुन्।

भेटका क्रममा उनले नेपाल सरकारसँगको सहकार्यमा सबैभन्दा बढी प्रभावित क्षेत्र र विपन्न समुदायसम्म राहत सामग्री पुर्याउने कार्यलाई निरन्तरता दिने स्पष्ट पारेका छन्।

उनले विपद्का क्रममा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरेका थिए।

आवश्यकताअनुसार नेपाललाई थप सहयोग उपलब्ध गराउन अस्ट्रेलिया सरकार नेपालसँग निरन्तर सहकार्य गर्न तयार रहेको प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

' नेपाल विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबाट पुनः उठ्ने क्रममा छ। पुनर्निर्माण र दुःखको यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा छ,' उनले लेखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार