२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

इन्डोनेसियामा जहाज डुब्यो  : " २० जनाको मृत्यु "

बुधवार , आश्विन ७, २०८३

 

जकार्ता, असोज  ।

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।

 ‘कन्या यातायात ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालिमान्टनको बञ्जर्मासिनतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । 

जहाज सेप्टेम्बर १२ मा सुराबायाबाट प्रस्थान गरेको थियो । खराब मौसमका कारण यात्रामा समस्या आएपछि सेप्टेम्बर १३ बिहान करिब २ बजे स्थानीय समय अनुसार जहाजसँग सम्पर्क विच्छेद भएको थियो । 

खोजी तथा उद्धारमा संलग्न टोलीले जहाजभित्र तथा मध्य कालिमान्टन प्रान्तको तटीय क्षेत्रमा शव फेला पारेका छन् । गोताखोरले जहाजका केबिनमा खोजीलाई केन्द्रित गरेका छन् ।

तर पानीमुनि कम दृश्यता र तीव्र समुद्री धाराका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको एजेन्सीले जनाएको छ ।

 करिब १७ हजार टापु रहेको इन्डोनेसियामा विभिन्न टापुलाई जोड्न तथा यात्राका लागि फेरी र अन्य समुद्री यातायातमा ठूलो निर्भरता छ । 

मौसम, समुद्री अवस्था र जहाजको सुरक्षा सम्बन्धी कारणले त्यहाँ समय–समयमा समुद्री दुर्घटना हुने गरेका छन् । सिन्ह्वा 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार