काठमाडौँ,भदाै । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ३३६ जनाको हवाई उद्धार गरिएको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले दिएको जानकारीअनुसार नेपाली सेनाको करिब चार हजार फौजको समन्वय र परिचालनमार्फत घाइतेहरूको खोज, उद्धार, आपतकालीन उपचार तथा राहत वितरणको काम युद्धस्तरमा भइरहेको छ।
आज बिहानैदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकाहरूमा छ वटा विभिन्न देशका ४५ जना विदेशी नागरिकसमेत रहेको नेपाली सेनाले जनाएको छ। बाढीले सडक मार्ग अवरुद्ध पारेपछि प्रभावित क्षेत्रमा हवाई माध्यमबाट उद्धार र राहत सामग्री पुर्याउने कामलाई तीव्रता दिइएको छ।