२०८३, भाद्र १२ गते

शुक्रवार, भाद्र १२ गते २०८३

परराष्ट्रमन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबिच टेलिफोन वार्ता

बिहिवार , भाद्र ११, २०८३

काठमाडौँ, भदौ। परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानबिच बिहीबार टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबिच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढीबाट आक्रान्त नेपाललाई अत्यावश्यक सहयोग गर्ने प्रस्ताव गरेकामा बङ्गलादेश सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बाढीपीडितको उद्धार, राहत र सहयोगका विषयमा नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने बताउनुभयो ।

रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेको विषम अवस्थामा दुई देशका विदेशमन्त्रीबिच उक्त टेलिफोन वार्ता भएको हो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार