२०८३, भाद्र १२ गते

शुक्रवार, भाद्र १२ गते २०८३

राहत सामग्री : ' भारतले दोस्रो चरणमा ३७.६ टन पठायो '

बिहिवार , भाद्र ११, २०८३

 

काठमाडौँ, भदौ ।

भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले बिहीबार बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन ।

भारत नेपालका अधिकारीहरुसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ, उनले भने । भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो ।

बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार