२०८३, भाद्र १२ गते

शुक्रवार, भाद्र १२ गते २०८३

रसुवा बाढी : राहत संकलनमा एकद्वार प्रणाली लागू

बिहिवार , भाद्र ११, २०८३

 

काठमाडौं, भदाै ।

रसुवा बाढी प्रभावितका लागि राहत संकलन गर्न सरकारले एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ।

अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद राहत तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको हो।

 

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका प्रतिनिधिका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालसँग समन्वय गर्न सकिनेछ।

त्यस्तै, निजी क्षेत्र तथा सहयोगी व्यक्तिहरूले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगका लागि समन्वय गर्न सक्नेछन्।

राहत सहयोगसम्बन्धी समन्वयका लागि नवीन ढुंगाना (प्रमुख स्वकीय सचिव), कञ्चन बस्नेत (निजी सचिव), खोमनाथ अधिकारी (स्वकीय सचिव) र माधव भण्डारी (शाखा अधिकृत) लाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

सम्पर्क नम्बरहरू :

९८५११८३००१, ९८४१९७९०७५, ९८४९१९७१११, ९८५१३५४३४४ र ९८५१२०६२०१ रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार