काठमाडौँ, भदौ ।
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेको छ।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले रसुवाको टिमुरे धुन्चेमा ६० जना, टिमुरे त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४जना, त्रिशूली काठमाडौँमा ३ जनाको उद्धार गरेको छ।
त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्।
साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा, वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन् ।