प्रतिनिधिसभा बैठक : बुधबार १ बजे बस्ने
काठमाडौँ, भदौ ।
सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभाको मङ्गलबानर दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजे बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेकाे सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ बजे बैठक बस्ने तय भएको उल्लेख छ ।