काठमाडौं, भदाै ।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे शेरबहादुर देउवा पक्षले दायर गरेको पुरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। पूर्वसभापति देउवा र निवर्तमान सभापति पूर्णबहादुर खड्काले सोमबार छुट्टाछुट्टै रिट दायर गरेका थिए।
रिटको पेशी भदौ ११ गतेलाई तोकिएको अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
देउवा र खड्काले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वले एकलौटी रुपमा सुरू गर्न लागेको महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवेदन दिएका हुन्।
थापा नेतृत्वले पार्टीको १५ औं महाधिवेशन असोज १६ गतेबाट गर्ने घोषणा गरेको छ। यसअघि निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएको निवेदनमा सर्वोच्चले २१ साउनमा पुनरावेदनको अनुमति दिएको थियो।