२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

चलचित्र -'मिरमिरे' को पोस्टर सार्वजनिक : ' माघ १ मा रिलिज हुँदै '

शनिवार , कार्तिक २९, २०८२

 

काठमाडौं, कात्तिक । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र मिरमिरेको दुईवटा पोस्टर सार्वजनिक भएका छन् । जसका चलचित्रका मुख्य कलाकार फिचर्ड छन् ।

दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् । मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् ।

उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् । कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ । दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा देखिन्छ ।

mirmire.png
undefined

दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन् । यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमिप्रेमिका नै हुन् निर्माणपक्षले प्रष्ट पारेको छैन ।

उमेर हेर्दा भने प्रकाश सिर्जनाकै विद्यार्थी हुन् जस्तो देखिँदैन । मिरमिरे माघ १ गते रिलिज हुँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् ।

चलचित्रको बाल कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन् ।

यसअघि उनको पहिलो निर्देशन रहेको कार्साङमा पनि दयाहाङ मुख्य भूमिकामा थिए । मिरमिरेको निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार