२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

परदेशको पीडा र सम्झनाको गहिरो भाव ‘दैलो खोल न’ सार्वजनिक

बुधवार , कार्तिक २६, २०८२

काठमाडौँ,  कात्तिक।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ । सो गीतमा सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ ।

हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज विष्टको गितारले गीतलाई जीवन्त बनाएको छ । घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन ।

यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ”, गीतकार राउतले भन्नुभयो । गीतमा विदेशको कष्ट, प्रतीक्षाको पीडा, जीवनको सङ्घर्ष समेटिएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार