२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बागमती प्रदेशसभा : ' कांग्रेस संसदीय दलको नेतामा बानियाँ '

बुधवार , श्रावण १४, २०८२

 

हेटौँडा, साउन । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन । आज यहाँ सम्पन्न निर्वाचनमा उनले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका थिए ।

निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे । निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए ।

यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो । तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेता चयन भएका थिए, ' बानियाँले १६ मत प्राप्त गरेका थिए ।

आजको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार