२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

लेखिका सुवेदीको पुस्तक -'मेरो पहिचान' सार्वजनिक : 'आर्थिक, सामाजिक र राजनीतिक परिस्थितिबारे बिश्लेषण' 

शनिवार , भाद्र २५, २०७९

काठमाडौं, भदौ ।

सामाजिक र ब्यवहारिक जीवनमा आफूले भोगेका र अनुभव गरेका बिषयलाई  लेखक प्रतिभा सुवेदीले आफ्नो पुस्तक सार्बजनिक गरेकी छन । साहित्य र सामाजिक क्षेत्रमा योगदान गरेका ब्यक्तिले उनको पुस्तक  मेरो पहिचान नामक पुस्तक विमोचन  गरेपछि बजारमा आएको छ । 
पुस्तकको विमोचन समालोचक प्रा.डा. बिणा पौडेल, साहित्यकार नगेन्द्रराज शर्मा, नियात्राकार तथा समालोचक चन्द्रप्रकाश भट्टराई र महिला सुरक्षा दबाब समूहका अध्यक्ष कल्याणी शाहद्धारा बिमोचित पुस्तकमा लेखिका सुवेदीले नारी जागरणका क्रममा क्रियाशिल हुँदा राजनीति तथा  नीति निर्माता तहबाट बिकृतिबारे प्राप्त गरेका अनुभव उल्लेख गरेकी छन ।  
नारी चेतना केन्द्रद्वारा प्रकाशित उक्त मेरो पहिचान पुस्तकमा लेखिका सुवेदीले जीवनका भोगाइ र देशको आर्थिक, राजनीतिक र सामाजिक अवस्थामाथि प्राप्त बिकृति जस्ताको अनुभूति समेटिएको छ । जीवन र जगतमा अनौठो लागेको, भोगेका विषय  पुस्तकमा लेखिका सुबेदीले पस्किदै भनेकी छन, राजनीति र आर्थिक  क्रियाकलापका नाममा पीडित पीडित नै रहने, स्रोतमा पहुँचवालाले गर्ने गरेको एकलौटी रजाँइको खुलासा गर्न खोजेकी छन । 

305934124_10160615827455931_5489591085016729564_n.jpg
undefined

नारी चेतना केन्द्रमार्फत गरिव र पिछडिएको महिलाको सहकारीमार्फत आर्थिक उत्थानमा होमिएकी लेखिका सुवेदीले गरिव बिपन्न वर्गका महिलाको नाममा प्राप्त हुने आर्थिक स्रोतको उपयोग, बाँडफाँड र दुरुयोगबारे झल्झल्ती देखेकी र त्यही कुरालाई पनि पुस्तकमार्फत सार्बजनिक गर्न खोजेकी छन । 
योसँगै सुवेदीका अन्य पाँचवटा पुस्तक प्रकाशित गरिसकेकी लेखिका सुवेदीले बिपन्न महिलाको आर्थिक उन्नतिमा स्वदेश मात्र नभई विश्वका धेरै मुलुकको अवस्थाबारे अध्ययन गरेकी सुवेदीले नेपालमा महिला किन पछि परे  र त्यसका जिम्मेवार को र कस्ता ब्यत्ति, संस्था, समूह र नेता रहेत भन्ने बिषयमा खुलासा गर्न पुस्तकमार्फत खेजेकी छन ।

जुन जानकारी राख्नेले पड्नैपर्ने खालको आफ्नो अनुभव समेटेकी छन ।  लेखक सुवेदीले नेपालभित्र तथा विदेशको यात्रामा देखिएका, भोगेका विषय पुस्तकमा समेटिएको बताइन् ।  पुस्तकमा २६ वटा शीषर्क राखिएका छन्। सामाजिक, आर्थिक, राजनीतिक, इतिहाससमेत समेटिएको लेखक सुवेदीले बताइन्। 
४० वर्ष अघि नै महिलाको हितमा काम गरेको अनुभूति समेटेर रचनात्मक रुपमा लेखकोमा उनले प्रसंशा गरे। त्यतिबेला चुलोचौकाबाट बाहिर निस्कन सजिलो नभएका बेला अठोट लिएर ठूलो काम गरेको उनले बताए।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार