२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस पखाधिकारी बैठक निर्णय

सरकारले सभापति थापामाथि षडयन्त्र गर्न खोजे - " कडा प्रतिवाद गर्ने "

बिहिवार , कार्तिक २०, २०८३

 

काठमाडौं, कात्तिक ।

नेपाली कांग्रेसले सभापति गगनकुमार थापाविरुद्ध भ्रम छर्ने तथा षड्यन्त्र गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए।

उनले यस विषयलाई संसद् तथा संसदीय समितिमा समेत कडा ढंगले उठाउने बताए। निर्वाचन नजिकिँदै जाँदा डिजाइन नै बनाएर अध्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको उल्लेख थियो।

साथै, राज्यले गर्ने छानबिनमा कांग्रेस पछि नहट्ने पनि उनले स्पष्ट पारे। बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरेको उनले जानकारी दिए।

त्यस्तै, कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए।

सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको सरकारले सरकारी संयन्त्रहरू प्रयोग गरेर कसैलाई ठेगान लगाउने वा तिर सोझाउने काम गर्न नहुने उनको भनाइ छ।

विशेष गरी सत्तापक्षको सवालमा उठेको विषय र प्रधानमन्त्रीसँग जोडिएको विषयका बारेमा सरकार जवाफदेही हुनुपर्ने उनले बताए।

उनले छानबिन तथा पक्राउ गर्दा पनि कानुनी प्रक्रिया अपनाइनुपर्ने, गैरकानूनी ढंगबाट पक्राउ गरेर प्रतिशोध साँध्ने वा तर्साउने प्रवृत्ति देखाउन नहुने धारणा राखे। कानुन विपरीतको कुनै पनि काम भए कांग्रेस हेरेर नबस्ने समेत उनले चेतावनी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार