काठमाडौं, कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।
बिहीबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता रहेको उल्लेख गरे।
उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेका लागि कुर्सी राखिदिने किसिमको अभ्यासमा आफूहरू नरहेको बताए।
सरकार र पार्टी दुवैका काम कारबाहीबारे कहिले काहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको उनको भनाइ छ। उनले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको समेत जिकिर गरे।