२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अष्ट्रेलिया : ' गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत पैसा तिर्नुपर्ने '

बिहिवार , फाल्गुण १३, २०७७

काठमाडौं, फागनु । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो कानुन परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ ।

सो कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले विरोध गरेका छन् । गत हप्ता फेसबुकले सबै समाचार सामग्रीमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफलपछि सो निर्णयलाई उल्टाएको थियो ।

सो छलफलपछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नबनाउने खालका प्रावधान राखिएको छ ।

तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिबद्ध भएका छन् । यस किसिमको समझदारीलाई गुगल र फेसबुकले सम्झौता गरेको रुपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार