२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बृद्ध बृद्धाको सम्मानमा जुटेआइटिम फाउन्डेसन

शनिवार , पौष १२, २०७६

काठमाडौ, पुस ।  NRNA लेबनान महिला संयोजक मन्जु मोक्तान र आइटिम फाउन्डेसन ले हिमालय वृद्धश्राममा रहेका आमाबुबालाई भोजन तथा न्यानो कपडा वितरण गरेको छ। २०७२ सालको भुकम्पपछि संस्थाको नाममा विभिन्न कामहरु गर्दै आएका आइटिम फाउन्डेन २०७४ सालमा दर्ता भएको हो ।

संस्थाको उद्देश्य सडक बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउने । सामान्य जीवन यापनका लागि मार्ग प्रशस्त गर्ने । अनाथ बालबालिका लाई सहयोग गर्ने । असाहय वृद्ध/वृद्धाहरुलाई सहयोग गर्ने रहेको छ ।

साथै प्रत्येक वर्ष संस्थाको ११ जना सदस्यहरुको जन्मदिनमा ३/३ हजारका दरले उठाएर बार्षिक ३३ हजार र साथीहरुबाट केही सहयोग उठाएर वर्षको एकचोटि यस्तै कामहरु गरिएको बताए।

सुरुमा देउसी भैलो खेलेर संकलित रकम अनाथ बालबालिका, सडक बाल बालिका, असाहय वृद्ध वृद्धा हरुलाई वार्षिक रुपमा काम गर्दै आएको फाउन्डेसनका अध्याक्ष दावा फेन्चु लामाले जानकारी दिए ।

समाजसेवा कै सिलसिलामा आज पनि आईaटिम फाउन्डेसन र एनआरएनए लेबनानका महिला संयोजक मन्जु मोक्तानले वृद्धश्रममा रहेका ४१ जना जेष्ठ नागरिकलाई भोजन गराउनुको साथै न्यानो कपडा वितरण गरेको छ ।

मन्जु मोक्तानले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धश्राममा रहेका आमाबुबालाई सहयोग गरेकी हुन ! पुर्व संविधान सभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यतामा र आइटिम फाउन्डेसनका अध्यक्षा दावा फेन्चुको उपस्थितिमा वृद्धहरुलाई जाडोबाट बच्न न्यानो ज्याकेट, साबुन, फलफूल तथा भोजन गराएको आईटिम फाउन्डेसनका अध्यक्ष दावा लामाले बताए ।

फाउन्डेसनले पढाइमा तिक्ष्ण तर आर्थिक अभावले पढाइ बिचैमा छोड्नु परेकोहरुलाई छात्रवृत्ति को लागि स्कुलमा सिफारिस गरिदिने र थुप्रै सामाजिक कार्य गर्दै आईरहेको बताएका हो ।

वृद्धश्रामका जेष्ठ नागरिकलाई जाडोबाट पर्ने असरलाई केही कम गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आइटिम फाउन्डेसनका अध्यक्षा तामाङ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार