२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सूचना विभाग : 'अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित'

बुधवार , श्रावण २८, २०७७

 

 

काठमाडौं, साउन । सूचना तथा प्रसारण विभागले पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम  अनिश्चित कालका लागि स्थगित गरेको छ ।

हाल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवा हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।

विभागबाट सेवा लिन स्वयम व्यक्ति नै उपस्थित हुनु पर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थाका कारण अनलाइन र भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नभएकोले तत्कालका लागि स्थगित गरिएको विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणसँगै अनलाइन सञ्चार माध्यमको नयाँ दर्ता, नवीकरण र प्रसारणतर्फको सेवासमेत स्थगित गरिएको जानकारी गराएको छ । तर, श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजुरी र त्यससम्बन्धी कार्य भने सञ्चालन हुनेछन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार