२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गर्भनिरोधक चक्की : एक महिनामा एक पटक खाए पुग्छ

बिहिवार , मंसिर २६, २०७६

म्यासाच्युसेट, मङ्सिर  । तपाईँ दैनिक रुपमा गर्भनिरोधक चक्की खाएर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक चक्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औषधि पत्ता लगाएका छन् ।
यौ औषधि हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने सो औषधिले सफल परीक्षण भएको छ । म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ ।

जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले गर्भ निरोधक हार्मोनहरूलाई विस्तारै निश्काशन गर्ने बताइएको छ । यसबाट एक पटक लिएको चक्कीले एक महिना सम्म काम गर्ने छ ।

बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि साे क्याप्सुल तारा अाकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग अाैषधि शरीरमा निश्कासन हुन्छ    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार