२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

छठ पर्वको मुख्य दिन आज : ' अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे '

सोमवार , कार्तिक १०, २०८२

 

काठमाडौँ, कात्तिक । छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन काठमाडौं उपत्यका सहित तराई - मधेशका सबै जिल्लामा रहेका पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो ।

ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा गरेका हुन् ।

बागमती, नख्खु, कुपण्डोल, विष्णुमती तथा बोजेपोखरीलगायतका नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार