२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुनसान लुम्बिनी : ' बिश्व शान्तिको कामना'

बुद्ध जयन्ती : "मास्क लगाएर बौद्ध प्रार्थना, दूरी राखेर दीपावली"

बौद्ध स्थलहरुमा पनि सावधानीपूर्बक प्रार्थना

बिहिवार , बैशाख २५, २०७७


बुटवल, बैशाख । कोरोनाको जोखिम र लकडाउनका कारण बुद्ध जयन्ती र बिभिन्न संस्कृति सम्बन्धी कार्यक्रम प्रभावित भएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्वन्धित स्थानहरुमा औपचारिक ठूला कार्यक्रमहरु भएनन ।
बुद्ध पूर्णिमाको दिन बिहीबार बिहान लुम्बिनीमा सिमित संख्यामा, दूरी कायम गरी मुखमा मास्क लगाएर प्रार्थना गरिएयो । कपिलबस्तु, नवलपरासीलगायत बौद्ध स्थलहरुमा पनि सावधानीपूर्बक प्रार्थना गरियो । बिहीबार साँझ लुम्बिनीमा पांच, सात जनाको मात्र उपस्थितिमा पूजापा ठसहित दुइ हजार ५६४ वटा दीप प्रज्वलन गरियो ।
बुद्ध पूर्णिमा कै दिन पर्ने बिभिन्न समुदाय र गोत्रहरुका कूल पूजाहरु पनि प्रभावित भए । माण्डब्य गोत्रका कुल पूजा धेरै स्थानमा स्थगित भए । कतै कतै भने सिमित उपस्थितिमा सावधानीपूर्वक पूजा भएका छन ।
औपचारिक कार्यक्रमको सट्टा बुद्ध जयन्तीमा सामाजिक सञ्जाल, भिडियो सम्वाद र बिज्ञप्तीमार्फत बुद्ध जयन्तीका शुभकामना आदान प्रदान भए । यसै क्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भिडियो सन्देश र बिज्ञप्तीमार्फत शुभकामना दिए ।


सुनसान लुम्बिनीबाट बिश्व शान्तिको कामना
दुइ हजार ५६४ औं बुद्ध जयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु/ भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना गरिएको हो ।
साँझ पाँच सात जनाको उपस्थितिमा पूजापाठ सहित दुइहजार ५६४ दीप प्रज्वलन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषले सम्पूर्ण बौद्ध समुदाय र बौद्धमार्गीहरुलाई सरकारबाट जारी भएको निर्देशनको पूर्णरुपमा पालना गर्दै आ–आफ्नो घरमा दीप प्रज्वलन, प्रार्थना एवं पूजा गरी बुद्धजयन्ती मनाउन अपिल गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार