कठमाडौ, बैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर प्रकोप फैलिएको बेला बिदेशमा बस्ने नेपालीले स्वदेश फर्केर आफ्ना परिवारसँग सुरक्षित र स्वतन्त्र हिसाबले बस्न चाहना राख्दै फर्कन पाउँ भन्दै सरकारलाई गुहार्दै आएका छन ।
यही चाहना राखेर राख्दै भारतको गुँजरातमा बस्ने करिव २० हजार नेपाली स्वदेश पर्कने तयारीमा छन । सोही तयारी अन्तर्गत नेपाल संस्कृति परिषद गुँजरातले त्यहाँको कानुनी सचिवालयमा करिव २० हजार नेपाली फर्कन पाउँ भनी स्वीकृतिका लागि निबेदन दिएको छ ।
सो निबेदन अनुरुप स्वीकृतिका लागि गुँजरात भारत कानुनी सचिवालय महानिर्देशक डी. एम. पाटीलले दिल्लीस्थित परराष्ट्र मन्त्रालयलाई पत्र लेखी सुरक्षित र स्वतन्त्र हिसाबले स्वदेश फर्कने वातावरण मिलाई दिन अनुरोध गरेको छ ।
दिल्ली लोकसभा नियन्त्रण कक्षलाई जानकारी दिइएको छ । अबको केही दिनमा भारतको गुजरातमा बस्दे आएका नेपाली स्देश फर्कने छन ।