काठमाडौँ,मंसिर । त्रसित बनेका छन्। मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएपछि स्थानीयमा थप त्रास फैलिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो। बिहान दैनिक कामकाजमा लागिरहेका बेला एक्कासी कम्पन महसुस भएपछि स्थानीय बासिन्दा आत्तिएका थिए। ।
यस्तै, फक्ताङलुङ गाउँपालिका–६ लेलेपकी मनमाया लिम्बुले घर नजिकैको खोरमा बाख्रालाई दानापानी दिँदै गर्दा जमिन र घर हल्लिन थालेपछि आत्तिएर चिच्याएको अनुभव सुनाइन्।
ओलाङचुङगोला क्षेत्रमा भूकम्पको निकै धक्का महसुस भए पनि कुनै क्षति भने नभएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताए। “भूकम्पले घरहरू निकै हल्लायो, तर यतै केन्द्रविन्दु भए पनि क्षति भने केही भएको छैन,” उनले भने। जिल्लाकै उच्च स्थानमा रहेको याङमा गाउँमा समेत भूकम्पबाट क्षति नभएको उनले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जिल्लामा हालसम्म क्षतिको विवरण प्राप्त नभएको बताए। प्रशासनको संयन्त्र र प्रहरीमार्फत क्षतिको विवरण संकलन तथा माग भइरहेको उनले जानकारी दिए।
भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार ओलाङचुङगोला केन्द्रविन्दु भएर २०७७ यता चारपटक भूकम्प गइसकेको छ।