प्रकृति र पर्यावरण ऋतुको परिवर्तनसँगै फरक हुन्छ । यस बर्षको बर्षातको समय सकिएको छ । ऋतु अनुसार वर्षाको समाप्ति पनि भइसकेको छ। तर, पानी पर्ने चक्रको शैली बदलेको छ। जुनसुकै बेला पनि अतिवृष्टि हुनसक्छ। यस्तै भएको पनि छ। भारतमा अर्नव चक्रवात आयो। यसको असर नेपालमा पनि देखिँयो।
अहिले हामीले यही ब्यहोर्दैछौ । बैगालको खाडीबाट उत्पनन अर्नव चक्रवातको असर नेपालमा पनि परेको छ । त्यस्ता आँधी, तुफान र चक्रवात कुन बेला र कुन मौसममा आउँछन् भन्ने नै यकिन छैन। कतिपय मौसमी चक्र र कतिपय जलवायु परिवर्तनको असरले यस्तो भइरहेको छ।
मौसमी अवस्थाको आँकलन गनेृ हो भने अहिलेको यो बेमौसमी बर्षाले देशभर प्रभाव पारेको छ । यस्ता बषौले बाढी पनि ल्याउँछ र पहिरो पनि आउँछ, आएको पनि छ । यस्तै अलिेको बेमौसमी बर्षाले देशभर असर पारेको छ । देशभरका मुख्य सडक अबरुद्ध भएका छन । आवत जावत बन्द भएको छ ।
हिमपात तथा बर्षाले जनजीवन अस्तब्यसत बनाएको छ । नदीमा आउने बाढीलाई केवल प्राकृतिक विपद्का रुपमा बुझिनु हुँदैन। धेरै हदसम्म यो प्रकृतिमाथि मानवीय अतिक्रमणको पनि नतिजा हो। चुरे दोहनको असर लालबकैयामा परेको प्रष्टै छ। चुरे संरक्षण भनेको केवल पहाडको रक्षा होइन, नदीनाला र जलाधार क्षेत्रको पनि संरक्षण हो।
नदीनालालाई आफ्नै वहावमा बग्न दिनुपर्छ नै। तर बस्ती र कृषि भूमि पनि जोगाउनुपर्छ। त्यसका लागि राज्यले तटबन्धलगायत पूर्वाधार निर्माण गरिदिनुपर्छ। त्यसो त लालबकैयाबाट तेजापाकड घरारीमात्रै प्रभावित छैन।