२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रसेवामा समर्पित रहनू

सैनिक अधिकृतलाई प्रधानमन्त्रीको निर्देशन: ' आचरण भित्र रहनु '

बिहिवार , चैत्र २६, २०८२

 

भक्तपुर, वैशाख ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन ।

करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटलाई प्रधानमन्त्री शाहले बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए ।

फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृत सफल हुने विश्वास उनले व्यक्त गरे । 

सो समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै पुरस्कृत गरे ।

प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ जना अधिकृत क्याडेटले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार