२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी :' छवि रिजाल पक्राउ '

मंगलवार , चैत्र १७, २०८२

काठमाडौँ, चैत ।

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन ।  अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक -एसपी) मनोहरप्रसाद भट्टले सञ्चारकमीलाइ भने, पक्राउ परेका पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भएको एसपी भट्टले जानकारी दिएका छन । रिजाल जेनजी आन्दोलनका समयमा काठमाडौँका प्रमुख थिए ।

उनीमाथि गत भदौमा २३- २४ गते भएको जेनसी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।

आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबारनै पक्राउ परिसकेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार