२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मधेश सरकार मुख्यालय : ' सात दलको धर्ना '

शुक्रवार , कार्तिक २८, २०८२

 

जनकपुर, कात्तिक । एमालेका संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई संविधान मिचेर मुख्यमन्त्रीमा नियुक्त गरेको विरोधमा सात दलका नेता - कार्यकर्ता शुक्रबार पनि धर्नामा बसेका छन् ।

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडिका सडकमा सात दलका नेता - कार्यकर्ता धर्नामा बसेका हुन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेर बर्दिबासको होटलमा शपथग्रहण गराएकामा सात दल असन्तुष्ट छन् ।

सात दलले लगातार सडकमा धर्ना बसेर विरोध जनाइरहेका छन् । यता, पद अनुकूल आचारण नगरेको भन्दै सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि लगातार १० पटक संसद बैठकमा अनुपस्थित रहेका भन्दै ५ जना सांसदलाई पदमुक्त गरिएकामा उनीहरुले आपत्ति जनाएका छन् ।

पदमुक्त गरिएका पाँचैजना सांसद जनकपुरस्थित प्रदेशसभा सचिवालयमा शुक्रबार पुगेर आफूहरुको उपस्थितिको हाजिरी रेकर्ड माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार