२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

काठमाण्डू उपत्यका

वायु प्रदूषण बढ्यो : सङ्कटकाल घोषणा गर्न सरकार -' किन अनिच्छुक '

आइतवार , चैत्र २३, २०८१

 

त सातादेखि काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर खस्किँदै निरन्तर अस्वस्थकर तह कायम भएपछि सरकारले विलम्ब नगरी ' प्रदूषण सङ्कटकाल' घोषणा गर्नुपर्ने माग केही विज्ञहरूले गरेका छन्।

अधिकारीहरूका अनुसार उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले एक्यूआई सूचकाङ्क ३०० भन्दा माथि पुगेमा सङ्कटकाल घोषणा गर्न सक्ने व्यवस्था पनि छ।

प्रदूषण सङ्कटकाल घोषणा भएको अवस्थामा विद्यालय र उद्योगहरू निश्चित अवधिका लागि बन्द हुने छन् भने वायु प्रदूषण घटाउनका लागि विभिन्न उपाय अवलम्बन गरिने छ।

तिनमा सवारी साधनमा जोरबिजोर प्रणाली लगाउने वा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलाउन नदिने व्यवस्था पनि पर्न सक्ने बताइएको छ।

साताको दुई दिन बिदा दिनुपर्नेबारे पनि चर्चा हुन 'यस बेला वायु सामान्यतया अस्वस्थकर नै हुन्छ तर अहिले डढेलोमा वृद्धि भएसँगै प्रदूषण ह्वात्तै बढेको हो। तर आपत्काल घोषणा गर्नका लागि अर्को तहमा पुग्नुपर्छ जुन अवस्था आइसकेको छैन,' वातावरण विभागका प्रदूषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख दीपक ज्ञवालीले भने।

'केही ' प्रदूषण मापने केन्द्रहरूमा केही समयका लागि उक्त तह पुगेको भए पनि दैनिक औसत ३०० नाघेको अवस्थालाई मात्र हामीले आपत्काल घोषणा गर्ने समय मान्नुपर्ने हुन्छ।'

वातावरण विभागले देशका २७ स्थानमा वायु प्रदूषण मापन गर्ने उपकरण राखेको छ। तिनले ती ठाउँको वायुको नमुना सङ्कलन गरेर प्रदूषण मापन गर्छन्।

बिहीवार काठमाण्डू उपत्यकाका अधिकांश मापन केन्द्रमा प्रदूषण 'अस्वस्थकरु देखिएको थियो भने शुक्रवार दिउँसो उपत्यकाबाहिर दाङ देउखुरीमा प्रदूषण 'हानिकारक' तहमा पुगेको थियो।

 

4.webp
undefined

 

वायु प्रदूषणको मात्रा चिन्ता किन

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बिहीवार सरोकारवाला विज्ञ र अधिकारीहरूसँग गरेको छलफलमा समेत प्रदूषणका कारण सङ्कटकाल घोषणा गर्नुपर्ने विषय उठेको थियो।

छिट्टै ठोस कदम चाल्न आवश्यक रहेकोमा सबै पक्ष सहमत भएको भए पनि विद्यमान समस्यालाई सङ्कटकाल नभनीकनै अन्य तरिकाले समाधान गर्ने कुरा भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सङ्कटकाल घोषणा गर्दा मानवाधिकार हनन हुने गरी कदम चाल्नुपर्ने भएकाले तत्काल त्यसका पक्षमा रुचि नदेखिएको हो।

3.webp
undefined

'यतिखेर हामी प्रदूषणको मुख्य स्रोत नियन्त्रण गर्ने उपाय चाल्ने सोचेका छौँ।

जस्तो, जहाँजहाँ डढेलो लागेको छ त्यहाँ ससानै स्वरूपमा भए स्थानीय रूपमै अग्रसरता लिएर नियन्त्रणका प्रयास थाल्ने भन्ने सोचिएको छ। कम सङ्ख्यामा सवारीसाधनहरू चलाउने विभिन्न उपायबारे पनि सोचिएको छ,' डा बुढाथोकीले भने।

वायुप्रदूषणले तपाईँको स्वास्थ्यमा कस्तो असर गर्न सक्छ' यो प्रदूषित हावा हाम्रो फोक्सोमा गइराख्यो भने क्यान्सर हुन सक्छ' वायु गुणस्तरविज्ञ भूपेन्द्र दास सुरुमै डढेलो नियन्त्रण गर्ने प्रयास नभएकाले परिस्थिति बिग्रिन गएको हो।

'अमेरिकाजस्तो देश कसरी कैयौँ दिन क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा लिन सकेन भन्नेबाट हामीले त्यसको जटिलता बुझ्छौँ।'

डढेलो नेपालमा अब सधैँको समस्या बनिसक्यो। कम्तीमा अब हरेक प्रदेशमा एउटा अग्निनियन्त्रक हेलिकप्टर हाम्रो लागि अत्यावश्यक भइसक्यो,' दास भन्छन्।

' तर पनि नेपालका डढेलो अधिकांश मानवीय क्रियाकलापका नतिजा हुन्। त्यसैले स्थानीय तहहरू अग्रसर भएर त्यसलाई नियन्त्रण गर्ने उपायमा अग्रसर हुनुपर्छ।'

 

कहिले होला सुधार

शुक्रवार वायुको गति बढेकाले विगत केही दिनको तुलनामा अवस्था केही सुधार भएको देखिएको अधिकारीहरू बताउँछन्। यसपालि आइतवार रामनवमी परेको र दुई दिनको सार्वजनिक बिदाले अवस्था केही सहज हुन सक्ने प्रवक्ता बुढाथोकीले बताए।

तुलनात्मक रूपमा प्रदूषणको तह केही कम होला कि भन्ने हाम्रो अनुमान छ। नत्र उक्त बिदालगत्तै केही कदम चाल्ने तयारी छ बिहीवार फेसबुकमा एउटा पोस्ट लेख्दै चिकित्सक डा अनूप सुवेदीले यस तहको प्रदूषणबाट ' हजारौँ' मानिसे अस्पताल पुगिसकेको हुनुपर्नेू र अहिले सङ्कटकाल मान्नुपर्ने तहको अवस्था रहेको औँल्याउँदै निर्णय गर्ने दिनदिनै ढिलो भएको टिप्पणी गरेका छन्।

2.webp
undefined

केही कुरा त तुरुन्तै गरिहाल्नुपर्छ होला नि यस्तो बेलामा, कि पर्दैन? डढेलो नियन्त्रणमा कति वटा सिन्को भाँचिए, खरखडाईको बारेमा के निर्णय गरिएरु काठमाण्डू वरिपरि धुवाँ धेरै निकाल्ने कलकारखाना, आदि स्रोतहरू को उत्सर्जन केही दिनलाई भए पनि कम वा बन्द गर्न के गरिए ?

उनले लेखेका छन्। 'जीवाश्म इन्धनका गाडीहरू जोरबिजोर गर्नुपर्ने हो कि, धेरै प्रदूषण गर्ने ट्रक(ट्रिपरहरूबारे यी केही दिनका लागि विशेष नीति बनाउनुपर्ने हो कि ?

मौसमविद्हरूका अनुसार अहिलेसम्म आगामी एक साता वर्षा गराउने खालको मौसमी प्रणाली देखा परिसकेको छैन। पानी नपरेसम्म अवस्थामा सुधार नआउने विज्ञहरू बताउँछन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ।

त्यो सूचक १५० बाट उकालो लागेपछि सबै किसिमका मानिसका लागि अस्वस्थकर मानिन्छ। तर संवेदनशील समूहका मानिसका लागि १०० र १५० बीचको सूचक भएको वायुबाट पनि हानि पुग्न सक्छ।

एक्यूआई २०० माथि पुगे अस्वस्थकर र ३०० भन्दा माथि पुगे खतरनाक वा हानिकारक मानिन्छ। तर ४००- ५०० पुग्दा त्यसलाई ' गम्भीर' अथवा ' अति नै हानिकारक' मानिन्छ ।

 

रोग

स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार प्रदूषणका कारण स्वास्थ्यमा पर्ने समस्यासहित मानिसहरू अस्पताल जाने क्रम बढेको छ।

'औषधि लिइरहेका दीर्घरोगीहरूले थप औषधि प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ। आँखा चिलाउने, छालाजन्य रोगका बिरामी बढ्नुमा प्रदूषणकै असर देखिन्छ।' स्वास्थ्य मन्त्रालयले १११५ नम्बरको 'हेलो स्वास्थ्य' नामक हटलाइन सुरु गरेको बताएको छ। तर त्यो सीधा चिकित्सकीय परामर्शका लागि नभएर अस्पताल जानुपर्ने अवस्था भए नभएको निर्क्योल गर्न 'परामर्श' र गुनासो सुन्नका लागि भएको बताइएको छ।

डब्ल्यूएचओका अनुसार वायुमा हुने 'पार्टिक्युलेट म्याट' (पीएम) र अन्य प्रदूषक तत्त्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छन्। प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, मस्तिष्काघात र फोक्सोको क्यान्सर गराउँछ।

त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्यूएचओले जनाएको छ। - बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार