२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना भाइरस : भयाबह बन्दै

वैज्ञानिकहरुको दावी : "कोरोना नियन्त्रण खोजमा महत्वपूर्ण सफलता "

९३ प्रतिशत मिल्दोजुल्दो रहेको वैज्ञानिककाे दावी

शुक्रवार , चैत्र २८, २०७६

काठमाडौं, चैत्र । कोरोना भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण खोजमा सफलता मिलेको अमेरिकी वैज्ञानिकले दावी गरेका छन् । कोरोना भाइरसलाई नियन्त्रणमा राख्न अमेरिकी वैज्ञानिकले मानव शरीरको ‘टार्गेट पोइन्ट’ पत्ता लगाएका छन् ।

उक्त ‘टार्गेट पोइन्ट’मा कोरोना भाइरस विरुद्धको एन्टिभाइरल औषधि प्रयोग गर्दा प्रभावकारी काम गर्ने दावी गरिएको छ । यसलाई कोरोना भाइरसको उपचारको खोजीमा भइरहेका प्रयासमा ठूलो सफलता मानिएको छ ।

यसको सहयोगले अब औषधिलाई मानव शरीरको ठीक त्यही ठाउँमा असर गर्ने बनाउन सकिनेछ, जुन ठाउँमा भाइरस टाँसिएर रहेको हुनेछ । यो खोजी अमेरिकाको कर्नेल विश्वविद्यालयका वैज्ञानिकले गरेका हुन् । यो खोजीलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले सबैभन्दा पहिले कोरोनाभाइरस अर्थात कोभिड १९ को संरचना र प्रकृतिको मिलान यसअघि फैलिएका भाइरस सार्स र मर्सको संरचना र प्रकृतिसँग गरेका थिए ।

वैज्ञानिका अनुसार कोरोना भाइरसको बाहिरी काँडेदार पत्र मानव शरीरको कोशिकाहरुमा गएर टाँसिएर कोशिकालाई संक्रमित गर्दै अरु भाइरस उत्पादन गर्न सुरु गर्छ । कोरोना भाइरसको संरचना सन् २००२ मा फैलिएको सार्स भाइरससँग ९३ प्रतिशत मिल्दोजुल्दो रहेको वैज्ञानिकहरुले दावी गरेका छन् ।

वैज्ञानिक गेरी ह्वीटकरको टिमले इन्फ्लुएन्जाको भाइरस र कोरोना भाइरस शरीरका कोशिकामा कसरी प्रवेश गर्छ भन्ने विषयमा पनि अनुसन्धान जारी राखेको बताइएको छ ।

वैज्ञानिकहरु अब भाइरसको बाहिरी पत्रको रासायनिक प्रक्रिया पत्ता लगाएर यसलाई रोक्ने पद्धतिको खोजिमा समेत जुटेका छन् । यदि उक्त रासायनिक प्रक्रिया रोकियो भने भाइरसले मानव शरीरका कोशिकासँग सम्पर्क गर्नसक्ने छैन र केही दिनमा भ्याक्सिनको असरले मर्ने दावी गरिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार