२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशलाई सही बाटोमा डोर्‍याउन जरुरी छ’ : अध्यक्ष  लिङ्देन

शुक्रवार , मंसिर ७, २०८१

सुदूरपश्चिम, मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही बाटोमा डोर्‍याउन सचेत र सजग हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

राप्रपाद्वारा कैलालीको साडेपानीमा आज आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व अन्य राजनीतिक दलले नभई राप्रपाले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । 

सुन्दर, बैभवशाली र प्रशस्त सम्भावना भएको हाम्रो देश भएर पनि गलत नेतृत्वकै कारण अहिलेसम्म विकास हुन सकेको उल्लेख गर्दै उहाँले कृषि, बिजुली, पर्यटन, सूचना प्रविधिको विकास गर्न सकिएमा विकासले फड्को मार्न सक्ने बताउनुभयो । 

आमसभामा सो पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेश अध्यक्ष धर्मराज जोशी, जयन्त चन्द, वीरेन्द्र बमलगायत नेताले समसामयिक राजनीतिका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार