२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' विश्वका नेतालाई जलवायु न्यायबारे ध्यानाकर्षण गराएको छु ' : प्रधानमन्त्री ओली

बिहिवार , कार्तिक १, २०८१

' विश्वका नेतालाई जलवायु न्यायबारे ध्यानाकर्षण गराएको छु ' : प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा आफूले विश्व नेतालाई जलवायु न्यायबारे ध्यानाकर्षण गराएको बताएका छन ।

बिहीबार बालुवाटारमा भएको एक भेटमा उमले यसबारे जानकारी गराएका हुन ।

उनले महासभाको मञ्चमा गरेको सम्बोधनमा नेपालले कार्बन उत्सर्जनमा योगदान नगरे पनि जलवायु परिवर्तनको असर खेपिरहेकाले जलवायु न्यायका लागि क्षतिपूर्ति पाउनुपर्ने र नेपालका हिमालको सुरक्षामा ध्यान दिन नसकिए समुद्रको तापक्रम वृद्धि हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराए ।

हामी पृथ्वी र मान्छेको सुरक्षाका लागि आवाज मात्रै उठाइरहेका छैनौँ। व्यवहारतः काम पनि गरिरहेका छौँ। यो काम नेपालका लागि मात्रै होइन विश्वकै वातावरणीय सुरक्षामा योगदानका लागि हो ' प्रधानमन्त्री ओलीले भने ।

उनले थपे, ;हामीले हाइड्रो पावर र हाइड्रो इनर्जीका लागि पनि काम गरेका छौँ। सञ्चार जगतले यस प्रयासबारे जनतालाई सूसुचित गर्न मद्दत गर्न सक्छ।सो अवसरमा जलवायु परिर्वतन, शैक्षिक सुधार र आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफलसमेत भएको थियो।

हाइड्रो कार्बनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फोसिल फ्युलका निर्देशक हरजीत सिंहले जलवायु न्यायबारे प्रधानमन्त्री ओलीको सुस्पष्ट बुझाइ रहेको र यस मामिलामा प्रधानमन्त्री ओली दक्षिण एसियाकै नेता भएको अनुभूति व्यक्त गरे ।

प्रधानमन्त्री ओलीसमक्ष एउटै डिजिटल पे वालमार्फत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीलगायतले भेटेर नेपालको डिजिटल मिडिया क्षेत्रमा उक्त पहिलो प्रयासबारे सो जानकारी गराएका हुन ।

उक्त सहकार्यको बुुधबारदेखि औपचारिक थालनी भएको थियो। उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गरेको तथा राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य सहभासगिता सुनिश्चितता गरेको उल्लेख गर्दै लोकप्रिय सञ्चारमाध्यमले सही सूचना लिएर त्यसलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

भेटका अवसरमा नेपाल रिपब्लिक मिडियाका सञ्चालक शोभा ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली, न्युयोर्क टाइम्सका हेलेना फ्वुवा सहभागी थिए । साभार  : गाेरखापत्र

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार