२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल ' :  विज्ञ

आइतवार , आश्विन २७, २०८१

 

काठमाडौँ,असोज । जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा  पनि फेरबदल भएको बताएका छन् ।

यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् । 

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन ।  हुनु जलवायु परिवर्तनको असरको रूपमा लिन सकिने प्रतिक्रिया दिएका छन ।  

यही असोज ११ - १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड छ ।  

रासस प्रतिनिधिसँगको सङ्क्षिप्त कुराकानीमा उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको बताए ।  

 “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने । 

मौसमविद् विष्णु घिमिरे पनि  मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन ।   

जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार