काठमाडौँ, असोज। अघिल्लो साताको तीन दिन आएको बाढी पहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् ।
अन्य १७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।