२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रहरी भन्छ 

बाढी पहिरोको बितण्डा (अपडेट)  : "  मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ जना बेपत्ता "

सोमवार , आश्विन १४, २०८१

 

काठमाडौँ, असोज । शुक्रबार र शनिबारको भारी वर्षाका कारण बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०५ पुगेको छ ।

सोमबार साँझसम्म बाढी, पहिरो लगायतका विपद्‍मा परी २०५ जनाको मृत्यु भइसकेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना र लुम्बिनी प्रदेशमा २ जनाको ज्यान गएको हो ।


बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजी कार्य जारी छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी १३० जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार