२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बाढी पहिराको बितण्डा

देशभरका सडकमा समस्या  :' ४०८ स्थानमा एकतर्फी र ३४५ मा दुइतर्फी सुचारु '

४० स्थानमा अझै सडक खुल्न सकेन

सोमवार , आश्विन १४, २०८१

 

काठमाडौँ, असोज । देशभर बाढी पहिरोले अवरुद्ध बनेको ३४५ स्थानमा दुईतर्फी सडक सुचारु भएको छ । त्यस्तै ४ सय ८ स्थानमा भने एकतर्फी मात्र सडक सुचारु रहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार नागढुंगा–मुग्लिन सडक अन्तर्गत मौवा खोला, हुक्दीखोला, फिस्लिङ, कालीखोला, सिमलताल, जलबीरे, घोप्टेभिर खण्डमा दुईतर्फी नै सडक खुलेको छ ।

नागढुंगा–मुग्लिन सडक अन्तर्गत झ्याप्लेखोला र जवाङ खोला खण्डमा एकतर्फी मात्र सडक सुचारु छ । 

यता मध्यपहाडीको सिन्धुली–उदयपुर–ओखलढुंगा र खोटाङको दर्जन बढी स्थानमा पहिरो खसेको छ ।

विभागका अनुसार उक्त राजमार्गको सिन्धुली खण्डमा पर्ने कुडुले, अक्करे भिर, पन्चकन्या, कालीमाटी–सनमबेसी, सोखुखोला र कल्लेरी दोभान खण्डमा दुईतर्फी रुपमै सडक सञ्चालनमा आएको छ । 

यही राजमार्गको कुखेरेटारमा भने सडक एकतर्फी सञ्चालनमा छ । 

विपी राजमार्ग अन्तर्गत काभ्रेको कालढुंगा खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । यही राजमार्गको चारसय भन्ने खण्ड एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ ।

मंगलटार खण्ड नजिकै करिब २ सय मिटर सडक रोशी खोलाले बगाएकाले यो खण्ड सञ्चालनमा आउन सकेको छैन । 

कान्ति राजपथमा पर्ने ललितपुरको कार्कीबासमा एकतर्फी सडक चालु छ । 

सामाखुशी–टोखा–गुर्जे–विदुर सडक दुबैतर्फ सञ्चालनमा रहेको सडक विभागले जनाएको छ ।

हेटौडा–भैंसे–पालुङ–नौविसे–काठमाडौ सडकको भैंसे खण्ड पनि दुईतर्फी रुपमै सञ्चालनमा आएको छ । 

काठमाडौं–नुवाकोट जोड्ने बालाजु–त्रिशुली सडक खण्डको ओखरपौवा खण्ड एकतर्फी मात्र सञ्चालनमा छ । 

कान्ती राजपथको महादेवटार खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी, दकलाङ एकतर्फी सञ्चालनमा छ । 
साभार : कान्तीपुर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार