काठमाडौँ, असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान :
असोज १४ गते (सोमबार) :
दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
रातिː कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८१ असोज १५ गते (मंगलबार) :
दिउँसो ː कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिː कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशि देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८१ असोज १६ गते (बुधबार) :
दिउँसोː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।
कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।