२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कोशी प्रदेश सरकार

कांग्रेस सरकारमा सहभागी   :   " नयाँ अनुहारले पाए  मौका "

शुक्रवार , भाद्र २८, २०८१

 

विराटनगर, भदौ । करिव डेढ महिना लामो कसरतपछि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी बनेको छ ।  तीन मन्त्री र एक राज्यमन्त्रीसहित काङ्ग्रेस शुक्रबार सरकारमा सहभागी भएको हो । 

गुटगत समस्याका कारण कांग्रेस  ढिलो गरी सरकारमा सामेल भएको हो । यद्यपि कांग्रेसभित्रको गुटगत तिक्तता भने कायमै देखिएको छ ।

शुक्रबार संस्थापन र सिटौला पक्षले मात्रै सरकारमा भाग लिएको छ । कोशीको राजनीतिमा राम्रो प्रभाव राख्ने शेखर कोइराला गुटबाट भने अझै मन्त्रीहरुको टुंगो लागेको छैन ।

ुकोइराला पक्षले दुई वटा मन्त्रालय माग गरेका छन्,ु कांग्रेस कोशीका एक नेताले भने, ुदुई मन्त्री नपाएका कारण कोइराला समूह सरकारमा नआएका हुन् ।ु 

शेखर समुहले दुई मन्त्रीको माग गरेको थियो । तर, उसलाई दुई मन्त्रालय दिन अब मन्त्रालय नै फुटाउनु पर्ने देखिन्छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शेखर समूहलाई खुसी पार्ने नाममा मन्त्रालय फुटाउने पक्षमा छैनन् । कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले शेखर कोइराला समुह पनि चाँडै सरकारमा सामेल हुने दावी गरे।

यसअघि एमाले(कांग्रेस शीर्ष नेतृत्वबीच संस्थापनलाई दुई मन्त्री तथा सिटौला र कोइराला समुहलाई एक रएक मन्त्री र एकरएक राज्यमन्त्रीको भागबन्डा भएको थियो । 

कोइरालाले दुई वटै फुल मन्त्री खोजेपछि यो समूहविनै कांग्रेस शुक्रबार एमाले नेतृत्वको सरकारमा सामेल भएको हो । शुक्रबार शपथ लिएका चारै मन्त्री नयाँ अनुहार हुन् ।

कांग्रेस कोशी प्रदेश महामन्त्री तथा पूर्व प्रमुख सचेतक भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको खोटाङका राई सिटौला समुहका हुन् । खोटाङ १ (२) बाट निर्वाचित उनी पहिलो पटक मन्त्री बनेका हुन् । राईले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हाल्ने छन् ।

संस्थापन पक्षबाट ताप्लेजुङका सांसद खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सोही समुहबाट सुनसरीका सांसद सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् । हाङगाम ताप्लेजुङ १(२) र मन्डल ४(१) बाट निर्वाचित सांसद हुन् ।

सिटौला समूहकै झापाका भुमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । उनी झापा ३ (१) का निर्वाचित सांसद हुन् । 

माओवादी (एमाले बीचको केन्द्रीय सत्ता समीकरण बदलिएपछि एमाले (कांग्रेसबीचको अचानकको सत्ता साझेदारीपछि कोशीमा माओवादी केन्द्रले एमालेसँगको साथ छाडेको थियो गत साउन १२ मा। त्यसयता शुक्रबार मात्रै एमालेले कांग्रेसको साथ पाएको हो ।

सरकारमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री सामेल भएपनि सरकार अझै पूर्णता भने पाएको छैन। स्वास्थ्य मन्त्रालयले अझै मन्त्री पाउन सकेको छैन। 

उक्त मन्त्रालय मुख्यमन्त्री कार्कीकै मातहतमा छ। ९ वटा मन्त्रालय रहेको कोशीमा मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक राज्यमन्त्री एमालेको भागमा छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार