२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 मुस्ताङ   :   हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो

शुक्रवार , भाद्र ७, २०८१

 

म्याग्दी, भदौ । मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङ गाउँको  शुक्रबार दिउँसो धबलागिरी आइसफल क्षेत्रबाट खसेको हिमपहिरोका कारण खोला थुनिएको थियो ।

हिमपहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो ।

हिमपहिरोका कारण थुनिएको बोक्सीखोला अहिले विस्तारै बग्न थालेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिएका छन । 

उनले भने, ‘‘कोबाङ गाउँको माथि शिरमा रहेको धबलागिरी आइसफल नजिकबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सी खोला विस्तारै बग्न थालेको छ । खोला बग्न थालेका कारण कुनै ठूलो जोखिम देखिएको छैन ।’’

जोखिम नभए पनि बोक्सीखोलाका तटीय वस्तीमा सर्तकता अपनाउन प्रशासनले अनुरोध गरेको उनले बताए ।

गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार