२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रहरी भन्छ

बाढी पहिरोको प्रकोप  :   ' जेठ २८ यता मृत्यु हुने १९० पुग्यो, ४९ जना वेपत्ता '

सोमवार , भाद्र ३, २०८१

 

काठमाडौँ, भदौ । यसवर्षको मनसुनमा सोमबारसम्म बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १९० पुगेको छ ।  अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेर कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २३८ जना घाइते भए।

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । ३२७ वटा घर, ११२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार विपद्‍का घटनाबाट ४ हजार ८१९ घर परिवार विस्थापित भएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार