२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सोलुखुम्बुमा भीषण बाढी

दुई वटा पोखरी फुटेर थामेमा बाढी   : ' थप दुई उच्च जोखिममा '

शनिवार , भाद्र १, २०८१

 

काठमाडौं, भदौ । थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ ।  रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो ।

बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । 

प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भने, ‘साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुई वटा ताल फुटेको रहेछ । अरू दुई वटा उच्च जोखिममा छन् । एउटा भने सुरक्षित छ।’ 

शुक्रबार दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा पानीको बहाव बढेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ ।  बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । 

बाढीले स्थानीय विद्युत आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ ।  खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।

बाढीले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ ।

साभार  : गाेरखापत्र

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार