२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सोलुखुम्बुमा भीषण बाढी

खुम्बुमा हिमताल फुट्यो  : ' सतर्कता अप्नाउनआग्रह, डेढलाख एसएमएस'

थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला छवटा हिमताल  छन

शुक्रवार , श्रावण ३२, २०८१

 

काठमाडौं, साउन । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढी आउनुको मुख्य कारण कुनै हिमताल बिस्फोट भएको हुन सक्ने जनाएको छ । 

महाशाखाले दुधकोशी किनारका बासिन्दालाई सर्तकता अप्नाउन करिब डेढ लाख मोबाइलमा एसएमएस पठाइएको छ । 

हिमताल फुटेपछि थामेको थामेखोला एक्कासि बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी छवटा हिमताल, हिमपोखरी रहेको देखिन्छ । 

उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिली मिटर वर्षा मापन भएको छ । दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएका कारण सो बाढी आएको जनाइएको छ । 

महाशाखाले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालमध्ये कुनै हिमताल बिष्फोट भएको हुन सक्ने देखिन्छ ।’’

सो बाढीको कारण जल तथा मौमस विज्ञान विभागको दुधकोशी रबुवाबजार बाढी मापन केन्द्र, खोटाङमा (थामेबाट करिब ८२ कि.मी तल्लो तटीय क्षेत्रको बाढी मापन केन्द्र) जलसतह शुक्रबार ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासि करिब १.२० मिटर बढी ५.५३ मिटर पुगेको थियो । 

तर पछि विस्तारै घट्न थालेकाले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नहुने देखिए पनि दुधकोशीको तटीय क्षेत्रमा शनिबार बिहानसम्म सतर्कता अपनाईराख्न सुझाव दिइएको छ । 

सो प्राप्त हुनासाथ विभागले दुधकोशी जलाधारको सोलुखुम्बुदेखि खोटाङ र ओखलढुङ्गासम्मका तटीय क्षेत्रमा रहन. नागरिकहरूलाई उच्च सतर्कता अपनाउन करिब एक लाख ४२ हजार एस्एम्एस्मार्फत पूर्वसूचना प्रवाह गराइसकिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार