२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रहरी भन्छ

मनसुनजन्य विपद्   : ' दुई महिनामा १७३ जनाको मृत्यु, ४८ बेपत्ता '

सोमवार , श्रावण २८, २०८१

 


काठमाडौँ, साउन । यसवर्षको मनसुनी विपद्‌का कारण दुई महिनामा १७३ जनाको मृत्यु भएको छ । विपद्‌मा परी ४८ जना बेपत्ता भएका छन् भने २२३ जना घाइते भएका छन् ।


नेपाल प्रहरीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु भएको हो । 

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना र बागमती प्रदेशमा ३१ जनाको मृत्यु भएको छ । 

त्यस्तै, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना घाइते भएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा ११३ जनाको उद्दार गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार