२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभर बाढी र पहिरो

मनसुनजन्य विपद   : "   देशभर १५० जनाको मृत्यु, ४९ बेपत्ता "

शनिवार , श्रावण १९, २०८१

 

काठमाडौँ, साउन  । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर १५० जनाको मृत्यु भएको छ । 

विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदमा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन् भने विपदमा फसेका १०८ जनालाई उद्दार गरिएको प्रहरीले जनाएको छ । 

बाढीका कारण ३८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यताका भएका घटनाबाट चार हजार  २१९ घरपरिवार विस्थापित भएका छन् । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार