२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बागमती प्रदेश सरकार 

मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं नियुक्त  : "  शपथ बुधबार बिहान ११ : 00 बजे "

मंगलवार , श्रावण ८, २०८१

 

काठमाडौँ,  साउन। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन ।  

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन ।  

कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो मात्र दाबी पेस  गरेका थिए । 

प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार, मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन । 

  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार