२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

वाग्मती प्रदेश सरकार

कांग्रेस - एमाले सहमति  :   "  कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६ मन्त्रालय "

मंगलवार , श्रावण ८, २०८१

मकवानपुर, साउन ।  बागमती प्रदेश सरकार निर्माणका लागि सहमति भएको नेपाली कांग्रेस–नेकपा एमालेबीच  मन्त्रालयको भागबन्डा टुंगिएको छ ।

दुइृ दलबीच भएको सहमतिमा कांग्रेसले ७  र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्नेछन । सहमति अनुसार एमालेले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा प्राप्त गरेको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।

कांग्रेसले माओवादीले प्राप्त गरेको ३ वटा, समाजवादीले लिएको २ वटा र हाम्रो नेपाली पार्टीको नेतृत्वमा रहेको एउटा मन्त्रालयको जिम्मेवारी लिने भएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएको हो ।

एमालेले आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने भएको हो ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दुई दलबीच सहमति भइसकेको  डेमोखबरलाई बताएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार