२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रहरी भन्छ

देशभर अविरल वर्षा   : "  विपदमा बिहीबारसम्म  १२५ को मृत्यु "

बिहिवार , श्रावण ३, २०८१

 

काठमाडौँ, साउन ।  देशभर भएकाे अविरल वर्षाबाट गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायत विपद्मा परी बिहीबार दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ । 

विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, वाग्मती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा  १२५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिएका छन । 

उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा १४३ जना घाइते भएका छन् ।

यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । 

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए ।

२२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा  ५८५ वटा पशुचौपाय मरेका छन् । 

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार  ७२१ परिवार विस्थापित भएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार