२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रहरी भन्छ 

पछिल्लो एक महिना   : ' बाढी पहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते '

बुधवार , आषाढ २७, २०८१

 


काठमाडौँ, असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर  १०६ जना घाइते भएका छन् ।

हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।


उक्त समयमा बाढीपहिरोका कारण  ३८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । 

यस्तै,  १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार