२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रहरी भन्छ

 बाढी पहिरोले बिपद्   :    " हालसम्म ७० जनाकाे मृत्यु, पाँच बेपत्ता "

सोमवार , आषाढ २५, २०८१

 

काठमाडौँ, असार । देशका विभिन्न भागमा बिगत केही दिनयता भएको अविरल वर्षाका कारण बाढी पहिरालगायतका घट्ना भएका छन । सो बिपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाउको छ ।  

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यस्ता बिपद्का घट्नाबारे जानकारी दिै  जेठ २८ देखि आज बिहानसम्म बाढी पहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको सञ्चारकर्मीलाई जानकारी दिएका छन । 

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढी पहिराका ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र ३३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा चार हजार ७९० प्रहरी बाढी पहिरामा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार २५० रुपैयाँ मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार