२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभर निरन्तर बर्षा 

नेपाल प्रहरी भन्छ   : '  विपद्‌मा परी आठको मृत्यु, छ बेपत्ता भए'

आइतवार , आषाढ २४, २०८१



काठमाडौँ,असार । बिगत केही दिनदेखिको निरन्तर भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न भागमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार,  विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।

देशभरमा ४५ भन्दा बढी  ठाउँमा सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीले  जनाउको छ ।  

प्रहरीका  अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।

दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका  प्रहरीले जनाएको छ । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ ।

 काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ । 

तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार