२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गण्डकी प्रदेश सरकार 

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत : ' प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत'

सोमवार , जेठ २८, २०८१

 

गण्डकी,  जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । 

मुख्यमन्त्रीले राखेको  विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो ।

विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का छ प्रदेशसभा सदस्यको मत परेको थियो ।

विश्वासको पक्षमा मतदान गरेका देबकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य हुन । उनी गत प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए । 


देवकोटाले विश्वासको मतका पक्षमा मतदान गरेपछि गरेपछि प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सदस्यले नाराबाजी गरेका  थिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार